५ असार २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अपोलो डाइग्नोष्टिक सेन्टरमा विशेष छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक नेपाल प्रालिका सेवाहरुमा विशेष छूट पाउने भएका छन् ।

विगत २९ वर्षदेखि अनवरत रुपले वित्तीय सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्धेष्यका साथ काठमाण्डौको धुमबाराहीमा रहेको एपोलो डाइग्नोष्टिक नेपाल प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात कम्पनीको डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।