२० असार २०८३, शनिबार

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबीच छुट सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंग आफ्ना हितग्राहीलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ ।

बुधबार गरिएको उक्त सम्झौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्तर्गतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २०५ छुट अफर पाउने भएका छन् । प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्र्फमेशन तथा परिचय पत्र देखाई देखाउनु पर्नेछ ।

कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।