३१ जेष्ठ २०८३, आइतबार

सकेसम्म कम्युनिष्ट पार्टीबीच एकता नभए कार्यगत एकता हुनुपर्छ: पृथ्वीसुब्बा गुरूङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

आजको वामपन्थी विषयमा भएको छलफललाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले सकेसम्म कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने नभए पनि कार्यगत एकता गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

समाजवादको लक्ष्यमा पुग्न कम्युनिष्ट पार्टीबीचको एकता जरुरी रहेको उनको भनाइ छ । उपमहासचिव गुरुङले नेपालका कम्युनिष्ट पार्टीबीच अब नीतिगत विषयमा कुनै विवाद नरहेको स्पष्ट पारे । सबै कम्युनिष्टहरु निर्वाचनको माध्यमबाट सरकारमा पुग्ने बाटोमा आएकाले नीतिगत मतभेद सकिएको उनको भनाइ छ ।

नीतिगत विषयमा मतभेद नभएपछि पार्टीको नाम अलग–अलग राखेर अलग–अलग नेता बनाउनुको कुनै अर्थ नहुने उनले प्रष्ट पारे । हिजो नीतिगत रूपमा नै विभाजित भएको कारण सहकार्य र एकतामा समस्या भए पनि आज त्यो समस्या नरहेको उनले बताए ।