१ श्रावण २०८३, शुक्रबार

नेपाली क्रिकेट टोलीकी ओपनर ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्यास लिएकी छिन् ।

प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता फाइनल खेल खेलेसंगै एपीएफमा आवद्ध पाण्डेले सन्यास लिएकी हुन् । उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले सम्मान दिएको थियो ।

आफू देश छाडेर विदेश जान लागेकाले क्रिकेट करियर अन्त्य गरेको उनले बताइन् । टीम छोड्दा दुख लागेपनि आफ्नो आगामी दिनका लागि कठिन निर्णय गरेको उनको भनाइ छ ।

उनले सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन् ।