२९ जेष्ठ २०८३, शुक्रबार

भारतीय विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आइपुग्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने पक्का भएको छ ।

भारतीय विदेश मन्त्रालयले जयशंकरको दुई दिने नेपाल भ्रमणबारे औपचारिक घोषणा गरेको हो । जयशंकर बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएको छ।

जयशंकर नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुनुका साथै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने तय भएको छ ।