
काठमाडौं, १८ पुस । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि जितेको छ ।
बुधबार सम्पन्न फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि उचालेको हो।
अघिल्लो सिजन सेमिफाइनलबाटै बाहिरिएको एपीएफले दुई वर्षपछि उपाधि हात पारेको हो। एपीएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो।
विजेता एपीएफले पाँच र उपविजेता कोशीले तीन लाख प्राप्त गर्नेछ । जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३ रन बनायो ।















प्रतिक्रिया