
बुटवल, १८ पुस । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीका युवाहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।
मंगलबार बुटवलमा युवाहरूले गृहमन्त्री श्रेष्ठको पुत्ला दहन र राके जुलुस निकालेर विरोध गरेका हुन् । विदेश जान थालेका युवाहरूलाई प्रहरीले गोली हानेर मारेको विरोधमा युवाहरू विरोधमा उत्रिएको नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक अध्यक्ष प्रशन्त कोइरालाले बताए ।
बुटवलको मिलनचोक तिनकुनेबाट निकालिएको विरोध र्याली राजमार्ग चौराहमा पुगेर कोणसभा गरिएको थियो । कोणसभामा बोल्दै युवा नेताहरूले सात दिनभित्र गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा नदिए रुपन्देही बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
‘जनता मार्न पाइदैन, नालायक गृहमन्त्री राजीनामा दे’ भन्दै युवाहरू सडकमा राकेजुलुससहित प्रदर्शनमा उत्रिएका थिए ।
यसअघि अनेरास्ववियु रुपन्देहीले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै विरोधमा उत्रिएको थियो ।








प्रतिक्रिया