
काठमाडौं, १८ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबीच खेल हुँदैछ ।
बिहान ११ बजेबाट सुरु हुने फाइनल खेल कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको लिग चरणमा अपराजित रहेको एपीएफले पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई नै ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।








प्रतिक्रिया