३ असार २०८३, बुधबार

रवि लामिछानेलाई खोया हान्ने युवक छुटे

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् ।

मंगलबार प्रशासन कार्यालय कास्कीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि उनी छुटेका हुन् ।

गत मंसिर ७ मा पोखरा अमरसिंह चौरमा लामिछानेले भाषण गरिरहँदा रानाभाटले मकैको खोया प्रहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । रानाभाटलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा थप १० दिन थुनामा राखेर अनुसन्धान गरेको थियो ।