२८ असार २०८३, आइतबार

बालकुमारी घटनामा मारिएका सुजनको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई दुई लाख दिने भएको छ ।

प्रदेश सरकारले मंगलबार मृतक रावतको परिवारलाई दुई लाख रकम दिने घोषणा गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

महावु गाउँपालिका-६ का रावतको शुक्रबारको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएको थियो । मंगलबार नै रावतको अन्त्येष्टि दैलेखमा गरिएको छ ।