१५ असार २०८३, सोमबार

१७औँ वार्षिकोत्सवमा ग्लोबल आईएमई बैंकद्वारा वृहत रक्तदान कार्यक्रम आयोजना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठामाडौं, १७ पुस। ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

ग्लोबल आइएमई बैंक पुस १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सात ओटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथसाथै नि:शुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो ।

यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बागमती प्रदेशमा काठमाडौँको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगञ्ज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

देशभर आयोजित कार्यक्रममा ९२७ रक्तदाताहरुबाट ४३९ लिटर रगत दान गरिएको छ । यसैगरी नि:शुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १ हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवं परामर्श पनि प्रदान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।