२६ असार २०८३, शुक्रबार

चार्जमा राखिएको एमजीको कार जलेर नष्ट, घटना राखियो गुपचुप

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । मोरिस ग्यालेज अर्थात् एमजी मोटर्सको विद्युतीय कार चार्जिङको क्रममा जलेर नष्ट भएको छ ।

यही पुस ९ गते राति गोरखाका सुदीप लामिछानेको बागमती प्रदेश–०१, ०२७ च १५८१ नम्बरको कारमा चार्जिङका क्रममा आगो लागेको हो । तर, आगो लागेपछि घटना गुपचुप राखिएको खुलेको छ ।

उक्त घटनाबारे सवारीधनी लामिछानेले कम्पनीसँग कुराकानी भइरहेको र अरु कसैलाई पनि यसबारे जानकारी नदिइएको बताएका छन् ।

नेपालमा एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सले यस घटनाबारे अनविज्ञता दर्शाएर पञ्छिन खोजेको छ ।