
काठमाडौं, १७ पुस । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि चक्कु प्रहार भएको छ । योनहाप समाचार एजेन्सीको रिपोर्ट अनुसार यो घटना बुसानमा भएको हो।
विपक्षी नेता ली जे-म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए । मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा छुरी प्रहार गरेका थिए । आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।
आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । रिपोर्टका अनुसार उनलाई अस्पताल पुर्याउँदा होसमा थिए । ली हाल दक्षिण कोरियाको संसदको सदस्य छैनन् । उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने विश्वास गरिएको छ ।
५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् । उनले २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले हारेका थिए । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो । एजेन्सी








प्रतिक्रिया