१७ असार २०८३, बुधबार

एमाले प्रदेश पदाधिकारीको भेला काठमाडौंमा हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नेकपा (एमाले) प्रदेश पदाधिकारीको यही पुस १९ गते काठमाडौंमा भेला हुने भएको छ । नवनिर्वाचित प्रदेशका पदाधिकारीको भेला हुन लागेको हो ।

भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । पार्टी नेताहरूले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ ।