१४ असार २०८३, आइतबार

राष्ट्रिय सभा सदस्य उम्मेरदवारमा एमाले हुम्लाबाट तीन जनाको नाम सिफारिस

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, १७ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) हुम्लाले तीनजनाको नाम सिफारिस गरेको छ ।

सोमबार जिल्ला कमिटी हुम्लाका कार्यवहाक अध्यक्ष डवल रावतको अध्यक्षतामा बसेको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको उम्मेरदारका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

पार्टी केन्द्रिय सदस्य छक्कबहादुर लामाको उपस्थितीमा बसेको बैठकले समावेशी (दलित) क्लष्टरबाट पर्वत सुनार, समावेशी (महिला) क्लष्टरबाट जिल्ला कमिटी उपसचिव बिमलाकुमारी शाही र खुल्लाबाट कार्यबहाक अध्यक्ष डवल रावतलाई सिफारिस गरेको पार्टी सचिव तिर्थराज बोहराले जानकारी दिए ।

सोमबार पार्टी कार्यालयमा बसेको बैठकले रावत, शाही र सुनारलाई उम्मेरदवारका रुपमा अघि सार्ने निर्णय गरेको बताएका सचिव बोहोराका अनुसार जिल्लाले पठाएका नाममा पार्टी प्रदेशको निर्णय अनुसार केन्द्रलाई सिफारिस गर्नेछ ।

आगामी निर्वाचनका लागि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले जिल्ला संयोजक डा. दिपेन्द्र रोकायाको एकल नाम सिफारिस गरेर पठाइसकेको छ ।