२१ असार २०८३, आइतबार

वरिष्ठ पत्रकार पोखरेलको निधन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस ।  वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन भएको छ । ८७ वर्षको उमेरमा सोमबार काठमाडौंमा उनको निधन भएको हो । उनी दमबाट पीडित थिए ।

धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलले पत्रकारिता क्षेत्रमा ४० वर्ष बिताएका थिए । २०३७ वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक रहेका थिए । गोरखापत्रकै सहप्रकाशन​ मधुपर्क मासिकमा कामु सम्पादक रहेका उनले २०३८ सालमा सम्पादकको जिम्मेवारी वहन गरे ।

उनी गोरखापत्रकै सहप्रकाशन बालपत्रिका मुनाको संस्थापक प्रधान सम्पादक हुन् । रष्ट्रिय समाचार समितिका सम्पादकसमेत रहेका ​पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष रहे । उनी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि भएका थिए । उनी नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत भए ।

विदेशमा रहेका छोरा आएसँगै मंगलबार उनको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।