
काठमाडौं, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् ।
सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले बालकुमारी घटनामा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका हुन् ।
लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताएका हुन् ।
‘तपाईँलाई म स्पस्ट भन्छु देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु भन्ने आशा बोकेर गएको युवाको गृह प्रशासनले हत्या गर्यो’, उनले भने ।
उनले घटनाबाट गृहमन्त्रीमाथि नैतिक प्रश्न खडा भएको बताएका छन् । ‘तपाईंलाई आदर्श नेताको रुपमा हेरेको हो, तपाईंको स्पिरिट प्रहरी प्रशासनले काम गर्न छाड्यो’, उनले भने, ‘नैतिकताको प्रश्न खडा भएको छ। म सिकारु राजनीतिज्ञले नैतिकता सिकाउने हैसियत त राख्दिन। तर गृह प्रशासन काम गर्न दिने अवस्थामा छैन।’








प्रतिक्रिया