१ श्रावण २०८३, शुक्रबार

सांसदले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । सांसदहरूले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।

आज बिहान बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले राजीनामा दिएर निष्पक्ष छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

एमाले सांसद राजेन्द्र राईले विदेश गएर रोजगारी गर्छु भन्ने युवाहरूलाई गोली हान्ने गृह प्रशासनको नेतृत्वले राजीनामा गर्नुपर्ने माग गरे । उनले भने, ‘तपाईं राजीनामा दिनुस् । तपाईंले मुलुक चलाउन सक्नुभएन ।’

गृहमन्त्रीले राजीनामा गरेर मुलुकमा सुशासनको व्यवस्था गर्नुपर्ने राईको भनाइ थियो । ‘तपाईं तत्काल राजीनामा दिनुस्, समस्याको समाधान निकाल्नुपर्छ ।’ गृहमन्त्रीले राजीनामा नगरेसम्म उक्त घटनाको छानबिन गर्न गठित आयोगले काम गर्न नसक्ने पनि राईको दाबी थियो । ‘गृहमन्त्रीबाट राजीनामा दिउँ अनि यो समस्या हल हुने वातावरण बन्छ,’ उनले भने ।

सांसद कृष्णगोपाल श्रेष्ठले नैतिकताका आधारमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताए ।