७ असार २०८३, आइतबार

सामान्य प्रशासनमन्त्री अनिता साह पनि पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र माइतीघरमा ‘धोती दिवस’ मनाउन गएकी मन्त्री साहलाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्र माइतीघर मण्डलामा आज सोमबार बिहान उक्त दिवस मनाउन गएका मन्त्री साहसहित ६३ जनालाई प्रहरीले प्रक्राउ गरेको हो ।

सोही कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि पक्राउ परेका छन् ।

सरकारले माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।