
काठमाडौं, १६ पुस । नेकपा (एमाले)का सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सांसदले राजीनामा दिन सुझाव दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद राईले गृहमन्त्री श्रेष्ठलाई बालकुमारी घटनामा नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।
उनले भने, ‘मेरो भिन्न कुरा छ । यो घटना के घट्यो कसरी घट्यो भन्ने दुनियाँले देख्यो । समिति पनि बनाउनुभयो । तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अब तपाई राजीनामा दिनुस् ।’









प्रतिक्रिया