४ श्रावण २०८३, सोमबार

कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले आज सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने कांग्रेसले जनाएको छ ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाले २०३३ पुष १६ मा राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।

लोकतन्त्र प्राप्तिका लागि आन्दोलन, बृहत शान्ति सम्झौताका पक्षधर लगायत विभिन्न राजनीतिक दलहरूको उपस्थितिमा कांग्रेसले आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।