
बाँके, १६ पुस । बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवाद हुँदा झडप भएको छ । बालबन्दीबीच विवाद हुँदा भएको झडपमा परी पाँच जना घाइते भएका छन् ।
बैजनाथ-३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले बताए ।
बालसुधार गृहमा १८ वर्षमाथिका बन्दीबीच शनिबार राति झडप भएको बताइएको छ । दुईवटा ब्लकका बालबन्दीबीच झडप भएको हो ।
एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन् । उनीहरूबीच ढुंगा हानाहान भएको थियो ।
यसैगरी आइतबार अपरान्ह ४ बजेतिर हानाहान हुँदा एक जना बालबन्दी घाइते भएका छन् । घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ ।








प्रतिक्रिया