१० कार्तिक २०८३, मंगलबार

काँग्रेस महामन्त्री शर्माले भेटे एमाले अध्यक्ष ओलीलाई, सत्ता गठबन्धन टुट्दै ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै पुगेर भेटेका छन् ।

शर्माले अध्यक्ष ओलीलाई घरमै पुगेर भेट गरेपछि अहिले काँग्रेस, माओवादी केन्द्र लगायत दलमा तरंग पैदा भएको छ । सत्ता गठबन्धनमा रहेको काँग्रेसकै महामन्त्रीले एमाले अध्यक्षलाई घरमै पुगेर भेट्नुले केही नयाँ हुन सक्ने सबैको अनुमान छ ।

उसो त विश्वप्रकाश स्वयंले पनि समाजिक सञ्जालमार्फत ओलीसँग भेट भएको जानकारी दिँदै सहकार्य हुन सक्ने संकेत गरेका छन् । जसले गर्दा विशेषगरी माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत गठबन्धन भित्रका दलहरूमा तरंग पैदा भएको हो ।

शर्माले लेखेका छन्, ‘०६२र६३ को जनान्दोलनका सहयात्रीहरुले सिंगो देशको यो साझा कार्यभार पूरा गर्न एकातर्फ साझा दृस्टी तय गर्नुछ, अर्कोतर्फ त्यो दृष्टिमा नयाँ दलहरूलाई पनि सँगै सहकार्यमा गाँसेर अघि बढ्नुछ’।

राष्ट्रियसभा निर्वाचनको मुखमै ओली र शर्माबीचको भेटवार्ताले माओवादी, एस लगायत गठबन्धनभित्रका दललाई काँग्रेस एमालेसँग मिल्ने हो कि भन्ने डरले तरंगित बनाएको हो । स्रोतका अनुसार शर्मा पार्टी नेतृत्वसँगको सल्लाहमै ओलीलाई भेट्न पुगेका हुन् ।