३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ देखि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १५ पुस । नेपाल भारोत्तोलन संघको आयोजनामा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि भक्तपुरमा आयोजना हुने भएको छ ।

संघले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी पुस २४, २५ र २६ गते राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष/महिला, युथ पुरुष/महिलाको विभिन्न वजन समूहमा प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिस्पर्धा हुनेछ । त्यस्तैगरी युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुने संघका महासचिव तिलक बहादुर राउतले जानकारी दिए ।

त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी माथि तौल समूहका खेलहरु हुने उनले बताए ।

प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० काँस्य गरी २७० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० काँस्य गरी २७० सहित कुल ५४० पदकको लागि प्रतिष्पर्धा हुने महासचिव राउतले जानकारी दिए ।

त्यस्तै भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले खेलाडीहरुलाई आफ्नो क्षमता देखाउने अवसरका रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए । आर्थिक मन्दीका बेलमा पनि प्रतियोगिता गर्न लागेको भन्दै चूनौति भएपनि यसलाई निरन्तरता दिने उनले बताए ।

प्रतियोगितामा अन्दाजी २५० जना खेलाडीहरुले सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिव ८६ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।