
काठमाडौं, १४ पुस । नेपाल पुलिस क्लबले वीरगञ्जमा भएको नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पुलिसले पर्सा– ११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो ।
नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा ४५ रन बनाएर अल आउट भएको थियो ।
पर्साका लागि अनिल शाहले सर्वाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
पुलिसका लागि सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशी र रशिद खानले २–२ विकेट लिएका थिए । त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । पुलिसका लागि करण केसीले १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आसिफ सेखले १६ रन बनाएका थिए ।
फाइनल खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन् । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले शुक्रबार दोषी ठहर गरेपछि लामिछानले फाइनल खेलेका थिएनन् ।















प्रतिक्रिया