२६ कार्तिक २०८३, बिहिबार

स्वर्गीय राजा वीरेन्द्रको ७९औँ जयन्ती मनाइयो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । स्वर्गीय राजा वीरेन्द्र शाहको ७९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

वि.सं २००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ साल माघमा राजगद्दी सम्हालेका थिए ।

जन्मजयन्ती अवसरमा राजसंस्था समर्थकहरुले जावलाखेलस्थीत वीरेन्द्र शाहको शालिकमा माल्र्यापण गरेका थिए । राजा वीरेन्द्रको निधन २०५८ जेठ १९ गते भएको थियो ।

पारिवारिक जमघटमा भएको गोलीकाण्डमा उनीसहित रानी ऐश्वर्य, छोराहरू युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुतिसहित आफन्तहरू मारिएका थिए ।