२६ कार्तिक २०८३, बिहिबार

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रेका युवाहरु पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार इपिएस कार्यालयमा प्रदर्शन गर्ने क्रममा प्रहरी प्रशासनको बल प्रयोगबाट दुई युवाहरुको मृत्यु भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै शनिबार दिउँसो माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

युवाहरुले ‘गृहमन्त्री राजीनामा दे, घटनाको निष्पक्ष छानविन गर’ लगाएतका नारा लगाएका थिए । युवाहरुको प्रदर्शनपछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।