
काठमाडौं, १४ पुस । ललितपुरको बालकुमारीमा हिजो शुक्रबार दिउँसो प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।
विभिन्न राजनीतिक दल र तिनका भातृ संगठनहरूले घटनाको विरोध गर्दै घाइतीघरमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिना अघि माइतीघरमा विरोध प्रदर्शन गर्न रोक लगाए पनि आज विरोध भएको हो ।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएका युवाहरूले पुनः परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै हिजो बालकुमारीमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा प्रहरीको गोली र लाठि चार्ज हुँदा दुई युवकहरुको ज्यान गएको थियो ।











प्रतिक्रिया