
काठमाडौं, १४ पुस । दाङको कोइलाखानीको सुरुङभित्र एक जना पुरुषको शव फेला गरेको छ ।
बंगलाचुली गाउँपालिका–४ स्थित कोइलाखानीको सुरुङभित्र घोराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षीय शिवराज केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार अनुसार पुस ८ गते घरबाट घोराही हिँडेका उनी पाँच दिनदेखि सम्पर्कविहीन थिए ।
शुक्रबार उनी मृत फेला परेको प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या गरी सुरुङभित्र शव लुकाइएको हुनसक्ने उनले बताए । यस घटनाबारे थप अनुसन्धान भइरहेको केसीले बताए ।











प्रतिक्रिया