२६ कार्तिक २०८३, बिहिबार

लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १४ पुस । पोखरा महानगरपालिका-२७ मा जारी लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस दुर्घटना हुँदा ३० वर्षीय ईश्ववती कुमारीको मृत्यु भएको हो ।

बस लेखनाथ महोत्सवको प्रवेश गेट अगाडी ब्रेक फेल भई दुर्घटना हुँदा महोत्सवमा बाटा (गमला) बिक्री गर्ने भारतीय नागरिक कुमारीको बसको ठक्करले मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

कुमारीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । सोही बसको ठक्करबाट तनहुँका ३६ वर्षीय रामजी गन्धर्व र ४६ वर्षीया चिजमाया गन्धर्वसमेत घाइते भएका छन् ।

घाइतेहरूको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रवक्ता विकले जानकारी दिए ।

बस ब्रेक फेल भई सडकको दायाँ साइडको माटोको ढिस्कोमा ठक्कर खाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।