
बनेपा, १४ पुस । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अवैध रुपमा गाँजा बोकी हिँड्ने एक युवकलाई पक्राउ गरेको छ ।
अवैध रुपमा गाँजा बोकेरे हिँडेको आरोपमा जिल्लाको नमोबुद्ध नगरपालिका–९ का १९ वर्षीय बिश्वास मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले धुलिखेल नगरपालिका –७ स्थित मयूर बसपार्कको सडक छेउमा बोरामा गाँजा बोकेर हिँडिरहेको भन्ने विशेष सुराकीको आधारमा नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरो र जिल्ला प्रहरीको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको जनाएको छ ।
प्रहरीले मोक्तानको साथबाट नौ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।











प्रतिक्रिया