१० कार्तिक २०८३, मंगलबार

एमालेको पक्षमा देश नै उठेको छ : केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा सिङ्गो देश नै उठेको बताएका छन् । एमाले चितवनले शुक्रबार कालिका नगरपालिकास्थित खोलेसिमलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिद्ध्याउँछौँ भन्नेहरूको सपना विफल भएको बताए।

‘देश उठेको छ, जागेको छ, फेरि जाग्छ, एमाले सिद्ध्याउँछौँ भनेर लाग्दा त कसैले सिद्ध्याउन सकेन भने, अब त एमाले मात्रै हो यो देश बनाउने, देशलाई अगाडि बढाउने यो कुरा स्थापित भएको छ’, उनले भने।

ओलीले देशलाई अगाडि बढाउने काम एमाले बाहेक अरूले गर्न नसक्ने बताए । ओलीले विकास र सुशासनको प्रष्ट दृष्टिकोण भएको पार्टी नेकपा एमाले मात्र भएको दाबी गरे । दुनियाँमा सबै शक्तिसँग आँखा जुधाएर कुरा गर्न सक्ने, देशको पक्षमा बोल्न सक्ने एमाले बाहेक कोही नभएको ओलीको भनाइ छ । यो कुरा नेता कार्यकर्ताले जनतामा पुर्‍याउनुपर्ने उनको धारणा छ ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा नै एमालेको संकल्प भएको प्रष्ट पारे। उनले त्यसमा कसरी पुग्ने भनेर जनतालाई बुझाउन पनि आवश्यक रहेको बताए । एमाले सरकारमा छँदा असाधारण काम गरेको उनले बताए। एमाले सरकारमा छँदा जनतामा बेग्लै खालको ऊर्जा सञ्चार भएको ओलीको भनाइ छ ।

राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, जनतामा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम एमालेले मात्रै गर्न सक्ने ओलीको दाबी छ ।

ओलीले एमाले निरन्तर बग्ने नदी जस्तै पार्टी भएको बताए। एमालेको उद्देश्य चुनावदेखि चुनावसम्म नरहेको ओलीले प्रष्ट पारे । एमालेले हालै सम्पन्न गरेको समृद्धिका लागि संकल्प यात्रा जस्ता कार्यक्रम एमाले बाहेक अन्य कुनै पार्टीले गर्न नसक्ने उनले प्रष्ट पारे। यो यात्रा ऐतिहासिक र असाधारण रहेको बताए ।