१० कार्तिक २०८३, मंगलबार

नयाँ पुस्ता लद्दू छैन, फेल हुँदैन: केपी शर्मा ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालबालिकालाई विशिष्ट व्यक्तित्वको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
चितवनको भीमोदय नमुना माध्यमिक विद्यालय पदमपुरको स्वर्ण महोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कोर्सको साँघुरो अध्ययनमा मात्र सीमित नगराखेर विद्यार्थीलाई त्यो भन्दा बाहिरका विषय पनि सिकाउन आवश्यक रहेको बताए।

कोर्स भन्दा बाहिर सिक्ने र अपनाउने धेरै कुरा भएकोले त्यसमा बालबालिकालाई दक्ष बनाउन उहाँले शिक्षकहरूलाई आग्रह गरे । योग्य नागरिक आफ्नो जीवन सहज ढङ्गले व्यतीत गर्न सक्ने, मानवीय भावना सहितको परिवार र समाजका लागि उपयुक्त व्यक्तित्व विद्यालयले निर्माण गर्नुपर्नेमा उनले जोड दिए ‘यहाँका उत्पादित विद्यार्थी विश्व प्रतिस्पर्धा गर्न सकुन्’, ओलीले भने।

नेपालका विद्यार्थीले विश्वमा राम्रो गर्न नसक्ने कुनै कारण नरहेको ओलीले बताए । विद्यार्थीको मनोबल उठ्ने शिक्षा नेपालका शिक्षण संस्थाले दिनु पर्नेमा उनले जोड दिए । ‘विद्यार्थीहरू लद्दू छैनन्, ती असफल हुँदैनन्’, उनले भने।

बालबालिकाको रुचि अनुसारको शिक्षा दिने हो भने त्यसमा उसले सफलता प्राप्त गर्ने उनले स्पष्ट पारे। विद्यार्थी फेल हुने नभई परीक्षा प्रणाली, अभिभावक र शिक्षक फेल हुने ओलीले बताए । ‘अघिल्लो पुस्ता फेल हुन्छन्, विद्यार्थीलाई फेल भन्छन्’, ओलीले भने।