१० कार्तिक २०८३, मंगलबार

प्रहरीको गोलीबाट मोबाइलले जोगायो युवकको ज्यान

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । काठमाडौंको बालकुमारीमा प्रदर्शनमा उत्रिएका ईपीएसका विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गर्दा दुईजनाको मृत्यु भएको छ ।

प्रदर्शनका क्रममा दैलेखका सुजन राउत र अर्को एकजना युवकको मृत्यु भएको हो । यसैबीच एक युवकको ज्यान मोबाइलले बचाएको छ ।

प्रदर्शनमा आएका ति युवकले पछाडि झोला भिरेर मोबाइल झोलामा हालेका थिए ।

त्यही क्रममा प्रदर्शन उग्र भएपछि प्रहरीले गोली चलाएको थियो । एउटा गोली सिधै उनैलाई ताकेर गयो । तर भाग्यवस गोली उनले पछाडि झोलामा बसेको मोबाइलमा लाग्यो ।

गोली लागेपछि झोलामा रहेको मोबाइल नै प्वाल परेको छ। तर उनलाई भने केही पनि हुन पाएन ।