१० कार्तिक २०८३, मंगलबार

ईपीएसको सीप बिल्डिङका परीक्षार्थी आन्दोलित, जलाए मन्त्रीको गाडी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । ईपीएस अन्तर्गत कोरिया जान सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थी आन्दोलित भएका छन् ।

उनीहरूले ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनीसमेत गरेका छन् ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको मन्त्रीको गाडीमा आगजनी गरेका हुन् । प्रदर्शनका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

यसअघि सीप बिल्डिङमा आवेदन दिएका तथा परीक्षा दिएकाहरूले म्यानुफ्याक्चरमा आवेदन दिन नपाउने नयाँ नियम आएसँगै उनीहरू आन्दोलित भएका हुन् ।