
काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्केका छन् । साताव्यापी हङकङको भ्रमण पूरा गरी आज बिहान स्वदेश अध्यक्ष लिङ्देन स्वदेश फर्किएका हुन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा सो समाजद्वारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन हङकङ पुगेका थिए ।
गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङ्देनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्कीको पनि सहभागिता रहेको थियो ।











प्रतिक्रिया