
भरतपुर, १३ पुस । चितवनको भरतपुरमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गएराति पुल्चोक–गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका-१२ मिलनचोकमा भरतपुरबाट टाँडीतर्फ गइरहेको बा.०३–००१ ज ४५८ नम्वरको भ्यानले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते पोखरा महानगरपालिका १ घर भई हाल भरतपुर महानगरपालिका ११ घोलबजार बस्ने ६१ बर्षीय गणेश थापामगर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भ्यान प्रहरी नियन्त्रणमा रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया