२ कार्तिक २०८३, सोमबार

इजरायली आक्रमणमा गाजामा कम्तीमा ५० जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा, १३ पुस । इजरायली आक्रमणमा गाजामा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

गाजा पट्टीका बेइट लाहिया, खान युनिस र अल-मगाजी शहरहरूमा इजरायली आक्रमणमा बिहीबार ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले विज्ञप्ति जारी गर्दै आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । साथै उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चौकमा इजरायली बमबारीमा ३० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।