१० कार्तिक २०८३, मंगलबार

गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई गभर्नर नियुक्त गरिएको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रताप सिंह ठकुरी, दामोदर तिम्सिना र यमप्रसाद भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ ।  गभर्नर अधिकारीको नियुक्ति तत्काल बदर गर्न रिटमा माग गरिएको छ ।

रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।