
काठमाडौं, १२ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राज्य व्यवस्थाविरूद्व नै चुनौती दिएका छन् ।
उनले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर नै हटाएका छन् । मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर किराँती राजा यलम्वरको तस्वीर राखेका हुन् ।
मेयर साम्पाङले हिजो सामाजिक सञ्जालमार्फत केन्द्र सरकारले धरानलाई महत्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउने घोषणा गरेका थिए ।
जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुन तस्वीर राख्ने उनले उल्लेख गरेका छन् ।
‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुन: उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’ उनले लेखेका थिए ।















प्रतिक्रिया