१० कार्तिक २०८३, मंगलबार

राष्ट्रिय सभा निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाउन महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई निर्देशन दिएका हुन् ।

प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन महासचिव पाखरेलले निर्देशन दिएका हुन् ।