१० कार्तिक २०८३, मंगलबार

मिटरब्याजीले अदालतमै कुटे पीडित, प्रहरी कार्यालयमा रातभर धर्ना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । सिरहामा अदालतमै मिटरब्याजीले पीडितलाई कुटेपछि पीडित रातभर प्रहरी कार्यालयमा धर्ना बसेका छन् ।

सिरहा जिल्ला अदालतमा रौदी यादव र सुकुमारी साहलाई मिटरब्याजी श्याम निरौलाले कुटपिट गरेको भन्दै विष्णुपुर गाउँपालिका १ का मिटरब्याज पीडित रातभर प्रहरी कार्यालयमा धर्ना बसेका हुन् ।

प्रहरीले निरौलाविरूद्व जाहेरी लिन नमानेपछि पीडितहरू जिल्ला प्रहरी कार्यालमै धर्नामा बसेका हुन् । प्रहरीले बिहान ७ बजे प्रहरीले निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरिएको छ ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको हो ।