२६ कार्तिक २०८३, बिहिबार

पाँचवटा संसदीय समितिको बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १२ पुस । आज बिहीबार पाँचवटा संसदीय समितिको बैठक बस्ने भएको छ । बैठक बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म बस्ने भएको हो ।

जसअनुसार बिहान साँढे १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । उक्त बैठकमा एनसेलको शेयर खरिद–बिक्रीबारे छलफल हुने बताइएको छ ।

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

त्यस्तै बिहान साँढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ । सो बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित कामकारबाहीबारे छलफल हुनेछ ।

त्यसैगरी साँढे ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।

बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भए गरेका कामकारबाहीको अवस्था, खाद्यान्नलगायतका अत्यावश्यक उपभोग्य वस्तुबारे छलफल हुनेछ ।

यसैगरी दिउँसो १ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापनलगायत गृह मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयनको अवस्थाका बारेमा गृह सचिवसँग छलफल हुनेछ ।