२६ कार्तिक २०८३, बिहिबार

डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक : गोकुल बास्कोटा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल प्रसाद बास्कोटाले डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक रहेको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उद्योगीले प्रयोग नगरेको डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा लाइन काट्नु खेदजनक रहेको बताएका हुन् ।

उनले उद्योगीले प्रयोग नै नगरेको बिजुलीको पैसा असुल्न बाँकी देखाएर विद्युत प्राधिकरणले नक्कली नाफा देखाउने गरेको उल्लेख गर्दै लाइसेन्स बेच्ने, प्रसारण लाइन नबनाउने, सस्तोमा भारतलाई बेच्ने महँगोमा किन्ने गरेको धेरै वर्ष भएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उधोगीले प्रयोग नै नगरेको बिजुलीको पैसा उसुल्न बाँकी देखाएर विधुत प्राधिकरणले नक्कली नाफा देखाउने गरेको, लाईसेन्स बेच्ने, प्रसारण लाइन नबनाउने, सस्तोमा भारतलाई बेच्ने महंगोमा किन्ने गरेको धेरै वर्ष भो । प्रयोग नगरेको डेडिकेटेड लाईनको पैसा नतिरेको आरोपमा उधोगको लाइन काट्ने काम खेदजनक छ ।’

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत विद्युत् महसुल नबुझाएको भन्दै उद्योगहरूको विद्युत् लाइन काट्दै आएको छ ।