१ कार्तिक २०८३, आइतबार

स्रोत नखुलेको २० लाख रुपैयाँसहित विराटनगरबाट १ जना पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १२ पुस । स्रोत नखुलेको रु १९ लाख ९० हजारसहित बुधबार साँझ विराटनगरबाट एक जना पक्राउ परेका छन् । निजलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद साहबाट उक्त रकमसहित विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।