१० कार्तिक २०८३, मंगलबार

जाजरकोटमा चिसोले भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु, मृत्यु हुनेको संख्या ६ पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । जाजरकोटमा चिसोले भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका वडा नम्बर –९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको चिसोले मृत्यु भएको हो । उनले मङ्सिर १७ गते दुई छोरालाई जन्माएकी थिइन् ।

कात्तिक १७ गतेको भूकम्पपछि उनीसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आएका थिए । योसँगै जाजरकोटमा चिसोले मृत्यु हुने भूकम्पपीडितको संख्या ६ पुगेको छ ।