१० कार्तिक २०८३, मंगलबार

दुईजना नेपालीको अपहरण गर्ने ६ जना भारतीय पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । प्रहरीले दुई जना नेपालीको अपहरण गर्ने ६ जना भारतीयलाई पक्राउ गरेको छ ।

चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय आफ्नै देशमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतीयहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् । उनीहरूले कृष्ण र दीपेन्द्रलाई पुस ५ गते अपहरण गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अपहरणमा परेका थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरेको थियो ।

भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ ।