
काठमाडौं, ११ पुस । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहमतिको नाममा दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन् ।
आज बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिँदै उनले आफूहरुसँग सहमति गर्ने र अर्कातिर घेराबन्दी गर्न पक्राउ पूर्जी जारी गरेर दोहोरो चरित्र देखाएका बताए । ‘सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’ विप्लवले भने ।
मोर्चाको बैठकमा विप्लवले सरकारसँग भएका सहमति स्मरण गराउँदै आफूलगायतका पार्टीका नेतालाई पक्राउ पूर्जी जारी गर्नुको कारण खोजेका थिए ।
बैठकमा सरकारको एक वर्षको समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भएको बताइएको छ । मोर्चाको अर्को आजै साँझ ६ बजे बस्ने बताइएको छ ।












प्रतिक्रिया