
काठमाडौं, ११ पुस । राष्ट्रपति रामचन्द्र पौडेल आज बुधबार बागलुङ जाँदैछन् ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ जान लागेका हुन् ।
साथै राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्ति पीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका– ४ कुँडुलेला रहेको शालिग्राम सङ्ग्रहालयको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
मन्दिर दर्शन पश्चात् दिउँसो १ बजे धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा राष्ट्रपति पौडेलले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटनका अवसरमा विभिन्न जातजातीका झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिने भएको छ ।
महोत्सवमा व्यावसायिक प्रयोजनका लागि एक सयसय ६९ वटा स्टल तयार पारिएको छ । महोत्सवमा बागलुङका स्थानीय उत्पादनको बिक्री–वितरणका लागि स्टलको व्यवस्था गरिएको छ ।











प्रतिक्रिया