
काठमाडौं, १० पुस । पुरानो फेसियल हाउसको रुपमा परिचित ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ अनाथ असाहायहरुलाई सहयोग गर्दै आफ्नो १६ औं बार्षिकोत्सब मनाएको छ ।
फेसियल हाउसले १६औँ बार्षिकोत्सब काठमाडौँको गोंगबू टाउन प्लानिङमा रहेको मानव सेवा आश्रममा आश्रित ५६ जना वृद्ववृद्वा तथा अशक्त र अनाथ बालबालिकालाई भोजन गराएर मनाएको हो । आश्रममा विभिन्न खाद्य सामग्री सहयोगसमेत गरिएको छ ।
रश्मिलाज फेसियल हाउसले को हाल ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको छ भने हजारौंलाई सिपमुलक तालिम दिएको संरक्षक प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।
फेसियल हाउसले सौन्दर्य सम्बन्धी विशेष प्याकेजको व्यवस्थाको साथै तालिम पनि दिदैं आएको छ । महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिँदै आएको रश्मिलाज फेसियल हाउसले फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेशल डिजाइनमा हेयर कटिङ्ग, हेयर कलरिङ, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् बरिष्ट ब्यूटिसियन रश्मिला श्रेष्ठले जानकारी दिइन् ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर, काठमाडौँ मल सुन्धराको पहिलो र चौंथो तल्लामा रहेको छ भने बुद्धमल बालाजुको पहिलो तल्ला सहित चारवटा शाखाहरु रहेको पनि उनले जानकारी गराईन् ।
















प्रतिक्रिया